स्वास्थ्य मन्त्रालयमा अब ४ जना अतिरिक्त सचिव – Nepal Press

स्वास्थ्य मन्त्रालयमा अब ४ जना अतिरिक्त सचिव

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ४ जना प्रमुख विशेषज्ञ डाक्टर अब अतिरिक्त स्वास्थ्य सचिव हुने भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयमा रहेका १२ औँ तहका ४ जना प्रमुख विशेषज्ञलाई अतिरिक्त स्वास्थ्य सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।

बैठकले स्वास्थ्य सेवातर्फका प्रमुख विशेषज्ञ दिपेन्द्ररमण सिंह, डा.गुणराज लोहनी, डा.संगिताकौशल मिश्र र डा.श्यामसुन्दर यादवलाई अतिरिक्त स्वास्थ्य सचिवको जिम्मेवारी दिने निर्णय भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार यसअघि प्रमुख विशेषज्ञ भनिँदै आएकोमा उनीहरुलाई अब अतिरिक्त स्वास्थ्य सचिवको जिम्मेवारी दिने निर्णय भएको हो ।

४ जनामध्ये सिंहले स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी सम्हालिरहेका छन् भने बाँकी ३ जना लोहनी, मिश्र र यादव मन्त्रालयमा प्रमुख विशेषज्ञको रुपमा कार्यरत छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर