धौलीगंगा बाँधको ढोका खोलिँदै, महाकाली किनारमा सतर्क रहन आग्रह – Nepal Press

धौलीगंगा बाँधको ढोका खोलिँदै, महाकाली किनारमा सतर्क रहन आग्रह

कैलाली । दार्चुलामा नेपाल-भारत सीमास्थित धौलीगंगा बाँध आज खोलिने भएको छ । भारतको उत्तराखण्डस्थित धार्चुला नजिक रहेको धौलीगंगा पावर स्टेसनमा सरसफाइ गर्न बाँध खोलिन लागेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म सरसफाइ गर्न बाँधको ढोका खोलिने भएको हुँदा महाकाली किनारका बस्तीमा सतर्कता अपनाउन प्रशासन कार्यालयले आग्रह गरेको छ ।

दार्चुला र धार्चुलाबाट लगभग १८ किलोमिटर उत्तरपश्चिममा भारतले धौलीगंगा नदीमा जलविद्युत उत्पादनका लागि बनाइएको बाँधबाट २८० मेगावाटको बिजुली उत्पादन हुँदैछ । यहाँ बेलाबेला बाँधको ढोका खोलेर सरसफाइ गर्ने गरिएको छ । यस्तो बेला महाकालीमा बहाव बढ्ने गर्दछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर