चिनियाँ नेता लिउले गरे पूर्वप्रधानमन्त्री भट्टराईको शालिक शिलान्यास – Nepal Press

चिनियाँ नेता लिउले गरे पूर्वप्रधानमन्त्री भट्टराईको शालिक शिलान्यास

काठमाडौं । नेपालको चारदिने भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चाओले आज गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलस्थित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शालिक शिलान्यास गरेका छन् ।

प्रमुख लिउले मेलम्ची खानेपानी आयोजनाको सुरुङ नजिक निर्माण हुने शालिकको शिलान्यास गरेका हुन् । आइतबार नेपाल आएका प्रमुख लिउले सोही दिन प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

प्रमुख लिउले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेतालाई भेट्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर