बुढिगंगा अपडेट : वडा नम्बर १ मा प्रमुखमा कांग्रेसको अग्रता – Nepal Press

बुढिगंगा अपडेट : वडा नम्बर १ मा प्रमुखमा कांग्रेसको अग्रता

कैलाली । अहिले बाजुरा बुढिगंगाको वडा नम्बर १० र १ मा मत गणना भइरहेको छ । १० नम्बर वडामा एमालेले अग्रता बनाएको छ भने वडा नम्बर १ मा काँग्रेसले अग्रता कायम गरेको छ ।

प्रमुखमा चार सय मत गणना गर्दा सम्म कांग्रेसले १९५ र एमालेले १८५ मत प्राप्त गरेको छ । उपप्रमुखमा भने यो वडा एमाले अगाडी देखिएको छ । उपप्रमुखमा एमालेले १९० मत प्राप्त गर्दा कांग्रेसले १८७ मत प्राप्त गरेको छ । वडाध्यक्षमा कांग्रेस अगाडी छ । काँग्रेस १७९ मत पाउँदा एमाले १८४ मत पाएको छ ।

यहाँ मेयर पदका लागि नेपाली कांग्रेसबाट रङ्गबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार छन्।

यस्तै, उपमेयरमा कांग्रेसबाट रिता शाही शाह र एमालेबाट मायाकुमारी खड्का कुँवर उम्मेदवार छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर