काठमाडौंमा साझाका ३ वटा विद्युतीय बस सञ्चालन (भिडिओ) – Nepal Press

काठमाडौंमा साझाका ३ वटा विद्युतीय बस सञ्चालन (भिडिओ)

काठमाडौं । साझा यातायातले आजदेखि तीन वटा नयाँ बिजुली बस सञ्चालनमा ल्याएको छ । चीनबाट नेपाल ल्याइएको बस आजबाट सञ्चालनमा आएको हो ।

चीनबाट पहिलो चरणमा आएका यी ३ बस परीक्षणपश्चात आजदेखि सेवा सुरु गरिएको हो ।

चिनियाँ कम्पनी नानजिङस्थित सीएचटीसीएचओले निर्माण गरेको विद्युतीय बस हो । साझाले आगामी दिनमा ३७ वटा बस सञ्चालन गर्ने बताएको छ ।

सञ्चालनमा आएका बसको मूल्य एक करोड ५० लाख रुपैयाँ रहेको छ । सो बसको सीट क्षमता ४० रहेको छ । काठमाडौं उपत्यकापछि साझाले प्रदेशमा पनि बस सञ्चालन गरिने बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर