जसपाले बोलायो केन्द्रीय समिति बैठक – Nepal Press

जसपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

यही असार २७-२८ वीरञ्जमा बैठक बोलाइएको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।

अध्यक्ष उपेन्द्र यादवसँगको पछिल्लो वार्तामा सहमतिका आधारमा छुट्टिने र बाबुराम पक्षमा लागेका सांसदलाई कारबाही नगर्ने समझदारी भएको छ ।

महन्थ निस्किएको ९ महिनापछि बाबुराम पनि जसपाबाट बहिर्गमन हुने निश्चित भएसँगै जसपाले केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

बाबुरामको पक्षमा जाने सांसदलाई कुनै कारबाही नगरिने उपेन्द्रले बताएका छन् । उसैपनि अब केही महिनामात्र यो संसदको कार्यकाल बाँकी रहेकाले जति जान्छन् उनीहरूको सांसद पद खारेज गर्न सभामुखलाई पत्र नलेख्ने सहमति भएको छ । बाबुरामसँग ४० प्रतिशत सांसद नपुग्ने भएकाले यो बाटो लिइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर