समानुपातिक सांसद चयन गर्न जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै – Nepal Press

समानुपातिक सांसद चयन गर्न जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । समानुपातिक सांसद चयनका लागि आज जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ । बैठक आज बिहान ८ बजे पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा बस्नेछ ।

समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएसँगै रिक्त स्थान पूर्तिका लागि जसपाले समानुपातिक सांसद चयन गर्न लागेको हो ।

जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा मञ्जु सांसद मनोनित भएकी थिइन् । उनको पनि चैत ४ गते निधन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर