मधेशका मुख्यमन्त्री यादव जनमतको घेराबन्दीमा, दाेस्राे पटक प्रदेशसभा बैठक स्थगित – Nepal Press

मधेशका मुख्यमन्त्री यादव जनमतको घेराबन्दीमा, दाेस्राे पटक प्रदेशसभा बैठक स्थगित

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव घेराबन्दीमा परेका छन् । उनले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठक जनमत पार्टीले सञ्चालन गर्न दिएको छैन ।

करिब २ बजे बसेको प्रदेशसभा बैठक जनमतको अवरोधपछि सभामुख रामचन्द्र मण्डले १० मिनेटका लागि स्थगित गरेका थिए । तर, झण्डै ५ घण्टापछि साँझ ७ बजे पुनः बैठक बोलाइयो ।

सभामुख मण्डलले बैठक अगाडि बढाउन खोज्दा पुनः जनमत पार्टीका सांसदहरुले अवरोध गरे । उनीहरुले राजविराजमा मन्त्रीमाथि भएको सांघातिक हमलाको छानबिन गर्न संसदीय समिति घोषणा गर्न र मुख्यमन्त्रीको राजीनामा माग्दै नाराबानी गरे ।

प्रदर्शन भइरहँदा सभामुख मण्डलले छानबिन समिति गठन गर्न मुख्यमन्त्री यादव सहमत भइसकेको भन्दै जनमतका सांसदहरुलाई बस्न आग्रह गरेका थिए । तर, उनीहरुले प्रदर्शन जारी राख्दाराख्दा सभामुख मण्डलले मुख्यमन्त्रीलाई विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव दर्ता गर्न अनुमति दिए ।

मुख्यमन्त्री यादव पनि प्रदर्शन छल्दै रोस्टममा पुगे र विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव राख्न खोज्दाखोज्दा जनमतका सांसदहरुले तोडफोडको प्रयास गरे । त्यसपछि मुख्यमन्त्री यादव ब्याक भए ।

स्थिति नियन्त्रणबाहिर जाने देखिइपछि सभामुख मण्डलले पुनः १० मिनेटका लागि प्रदेशसभा बैठक स्थगित गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर