डुवानमा परेका २८८ परिवारलाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सार्‍याे – Nepal Press

डुवानमा परेका २८८ परिवारलाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सार्‍याे

काठमाडौं । अविरल वर्षाको कारण विभिन्न स्थानमा डुवानमा परेका करीब २८८ घरका ९३४ जना व्यक्तिहरुलाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।

झापाको बाह्रदशी गाँउपालिका २ स्थित सुकुम्वासी बस्तीको डुवानमा परेका र गौरीगंज गाँउपालिका १ बालुबाढी टप्पु र कुन्जीबारी बजारका बस्तीहरुमा माई नदी र कमल खोलाको पानीको वहाव बढेर डुवानमा परेका ३८ घरका करीब १५० जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा सारेको छ।

सुरक्षा बेस बैगुनधुराबाट खटिएको सशस्त्र प्रहरीले उनीहरुलाई सुरक्षित स्थानमा सार्नुको साथै डुवान प्रभावित घरका खाद्यान्न लगायतका विभिन्न सामाग्रीहरु समेत सुरक्षित स्थानमा सारेको हो ।

त्यसैगरी बिओपी दरैयाबाट खटिएको सशस्त्र प्रहरीले मोरङको कटहरी गाँउपालिका १ स्थित टाईगर टोलका डुवान प्रभावित १३० वटा घरका करीब ५२० जना र बिराटनगर महानगरपालिका १ परोपकार ईलाकामा रहेको ६० घरका डुवान प्रभावित करीब २६४ जनालाई नम्बर ३ गण मोरङबाट खटिएको सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सार्नुका साथै खद्यान्न लगायतका सामाग्रीहरु सुरक्षित स्थानमा सारेको ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर