मकवानपुर जिससमा गठबन्धनको प्यानलै विजयी – Nepal Press

मकवानपुर जिससमा गठबन्धनको प्यानलै विजयी

हेटौंडा । जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख र उपप्रमुखसहित सदस्यहरुमा सत्ता गठबन्धनको प्यानलै विजयी भएको छ ।

सत्ता गठबन्धनबाट प्रमुख पदमा नेकपा माओवादीका ललितबहादुर घलान विजयी भएका हुन् । बिहीबार भएको निर्वाचनमा नेकपा एमालेका  बुद्धिराम डिम्डुङलाई पराजित गर्दै घलान विजयी भएका हुन् । घलानले १७ मत पाउँदा डिम्डुङले ३ मतमात्रै ल्याए ।

जिसस उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका सानुकाजी लुइँटेल निर्विरोध निर्वाचित भए । सदस्यहरुमा गठबन्धनबाट खुलातर्फ ३ जना नेकपा एकीकृत समाजवादीका वीरेन्द्रकुमार लामा (१६ मत), नेकपा माओवादी केन्द्रका खड्कबहादुर पुलामी (१७ मत) र सुवर्ण गोपाली (१७ मत) विजयी भएका छन् । नेकपा एमालेका तोयानाथ तिमल्सिनाले ३ मत प्राप्त गरे ।

महिला सदस्यहरुमा गठबन्धनबाट नेपाली कांग्रेसकी तारा ढुंगाना (१७ मत), विष्णुमाया थपलिया (१७ मत) र सुमित्रा थिङ (१७ मत) निर्वाचित भए । नेकपा एमालेकी वीनाकुमारी थिङ लामाले ३ मत प्राप्त गरिन् ।

यसैगरी दलित सदस्यमा नेकपा एकीकृत समाजवादीकी सुनिता दर्नाल परियार निर्विरोध निर्वाचित भइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर