मिरुनाको बयानः फ्यानसँग फोटो खिच्दै गर्दा तीनपटक ‘ब्याड टच’ गरेपछि थप्पड हानेँ, पछि आफै रोएँ – Nepal Press

मिरुनाको बयानः फ्यानसँग फोटो खिच्दै गर्दा तीनपटक ‘ब्याड टच’ गरेपछि थप्पड हानेँ, पछि आफै रोएँ

काठमाडौं । नायिका मिरुना मगरले आफूलाई दुर्व्यवहार गरेको भन्दै एक युवा भिक्षुलाई प्रहरी हिरासत पुर्‍याएपिछ चर्को प्रतिक्रियाहरुको सामना गरिरहेकी छन् । धेरैले उनको भनाइमा विश्वास गरेका छैनन् र उनले निर्दोषलाई फसाएको आरोप लगाएका छन् ।

यही सन्दर्भमा एउटा भिडियो पनि भाइरल भइरहेको छ । उक्त भिडियोमा हलबाट भीडभाडमा अन्य दर्शकहरुसँगै कबड्डी ४ का कलाकारहरु निस्किएको देखिन्छ । उक्त भिडियोमा मिरुना र आरोपी भिक्षु केही दूरीमा छन् । नायिकाको शरीरमा उनले हात पुर्‍याएको देखिँदैन । यही भिडियो हेरेर धेरैले भिक्षु निर्दोष रहेको बताइरहेका छन् ।

तर, मिरुनाको भनाइअनुसार घटना भएको हलबाट निस्किसकेपछि हो । हलबाट निस्केर फ्यानहरुसँग फोटो/सेल्फी खिच्दै गर्दा ती व्यक्तिले आफ्नो शरीरमा पछाडिबाट तीनपटक बलियो गरी समातेको उनको भनाइ छ । युट्युव च्यानल ‘रमाइलो छ’ मा हिजो दिएको अन्तर्वार्तामा मिरुनाले घटनाबारे यसरी वर्णन गरेकी छन्ः

‘यति धेरै भीड थियो । हामी सेल्फी खिचिरहेका थियौं फ्यानहरुसँग । भीडमा छुने भइहाल्छ भनेर धेरैले भनिरहनुभएको छ मलाई । तर, त्यस्तो होइन ।

म सुरुमा उभिइरहेको थिएँ र अगाडि फर्केर फ्यानहरुसँग फोटो खिचिरहेको थिएँ । त्यतिबेला मलाई पछाडि लेफ्ट बटममा (कसैले छोएको) फिल भयो । अलिकति हच्किएँ र अगाडि सरेँ । सुरुमा त होइन होला भन्ने भयो । फेरि सेकेन्ड चोटि अझ बढी टच भयो । तैपनि होइन होला जस्तो भइरहेको थियो । पब्लिक स्पेसमा त्यसरी हुन्छ भन्ने सोचिँदैन । त्यसमाथि फ्यानहरुले सर्कल गरेका थिए ।

तर, थर्ड चोटिमा सार्‍है पक्रेर, पिन्च नै गरेर। स्क्वीज (हातले निमोठेको इशारा गर्दै) गर्‍याे । अहिले पनि सोच्दा फिल हुन्छ । मेरो बडीको फर्स्ट रियाक्सन चाहिँ । फर्केर एक स्ल्याप (थप्पड हानेको) गरेँ । मोंक (भिक्षु) को भेषमा हुनुहुन्थ्यो । त्यो देखेपछि अझै रिस उठेर आयो । म स्वयं पनि बुद्धिष्ट हो । यस्तो मान्छेले गर्न सक्छ र ? भन्ने भयो । अनि मेरो हात रोकियो ।

हेर्दा एकदमै सानो भाइजस्तो देखिन्छ । हामीले आफ्नै दाजुभाइलाई पनि सिकाउनुपर्छ जस्तो लाग्छ । त्यसैले मैले सबैको अगाडि उसलाई कराएँ । त्यतिबेला म कलाकार र ऊ भिक्षुभनेर होइन, एउटा केटाले म एउटा केटी मान्छेलाई हात लगाएकोमात्रै कुरा थियो । मैले उसलाई गाली गरेको क्लीपहरु पनि होला । यस्तो युनिफर्म लगाएर नचाहिने काम गर्ने ? युनिफर्मकै इन्सल्ट भइरहेको छ भनेर औंला ठड्याएर गाली गरेँ । उसले कान समात्यो ।

त्यहाँपछि मलाई लाज फिल भयो । सबैले रेकर्ड गरिराख्नुभएको थियाे । बाहिर गएर रोएँ । कस्तो कमजोर फिल गरेँ आफूलाई । मैले एक्सन त लिएँ । तर, संवेदनशील फिल गरेर बाहिर गएर रोएँ । एकछिन शान्त भएर सोच्दा आफूलाई सही भएन भन्ने भयो । पछि त्यो मान्छे आनन्दले हाँसेर हिँडिरहेको देखेपछि चित्त बुझेन । कानूनको सहायता लिनुपर्छ जस्तो लाग्यो । अनि, पुलिसमा कन्ट्याक्ट गरेर जिम्मा लगाएँ ।

मलाई धेरै म्यासेजहरु आइरहेको छ । ट्याग गर्ने, कमेन्ट गर्ने अनि गालीगलौजहरु भइरहेको छ । क्यारेक्टरमै प्रश्न उठाइएको छ र थ्रेटसमेत आएको छ । सबैले एउटा भिडियो क्लीप हेरेर मूल्यांकन गर्नुभयो । त्यसमा एउटा साइडमात्र देख्नुभएको छ । त्यो हेरेर मलाई गाली गर्नुभएको हो । अहिले नोटिफिकेसन नै अफ गरेर बसेको छु ।

यो केस अगाडि बढोस् भन्दा पनि योबाट उहाँले केही पाठ सिक्नुहोस् भन्ने मेरो कुरा हो । यस्तो कसैलाई पनि नदोहोरियोस् । आधी क्लीपहरुमात्रै सेयर गरेर जतिले मलाई गाली गरिरहनुभएको छ, उहाँहरुलाई भन्न चाहन्छु कि आफ्नो दिदीबहिनीलाई यस्तो पर्दा आवाज उठाउन सिकाउनुहोला । आफ्नो दाजुभाइलाई पनि यस्तो अभद्र व्यवहार नगर्न भन्नुहोला ।

हामी दर्शकलाई परिवार सम्झिन्छौं । त्यसैले सेक्युरिटीविनै जान्छौं । अब चाहिँ यसमा केही सोच्नुपर्ने आवश्यकता छ । गुड टच र ब्याड टचको सचेतना बढाउनुपर्छ । अहिले त्यो व्यक्तिले आफ्नो लुगाको फाइदा उठाएको हो नि त ! लामा भेषमा हुँदा कसैले केही गर्न सक्दैन भन्ने हो कि ? एउटा व्यक्तिको नियतको कुरा हो ।

सो अन्तर्वार्तामा अभिनेता सौगात मल्लले पनि मिरुनाको भनाइमा साथ दिएका छन् । आफूलाई पनि सो घटना याद रहेको भन्दै उनले युवकको कपडाको कारणले गर्दा त्यहाँ ठूलो रियाक्सन नभएको बताएका छन् ।

‘उहाँको कपडालाई सबैले रेस्पेक्ट गरेकाले उहाँ बच्नुभएको हो । तर, जे गल्ती गर्नुभएको छ । त्यसको (सजाय) भोग्नुपर्छ’, सौगातले भनेका छन् । उनले अबदेखि हलमा दर्शकसँग फिल्म हेर्न जाँदा तयारीका साथ जानुपर्ने पनि बताएका छन् ।


प्रतिक्रिया

6 thoughts on “मिरुनाको बयानः फ्यानसँग फोटो खिच्दै गर्दा तीनपटक ‘ब्याड टच’ गरेपछि थप्पड हानेँ, पछि आफै रोएँ

  1. तपाईँ नाचगान गर्दा अभिनयमा देखेका सवै गुड टच अनि मनपर्ने कलाकार भनेर सयौं हजारौं पैसा तिरेर फिल्म हेर्न आउने फ्यानले फोटो खिचाउन तपाई आफैले भन्नुभएको भनाई मा पछाडि बाट भिडभाडमा ठेलमठेल गर्दा ब्याड टचको फिलिंग गर्नु त्यसमाथि एउटा innocent बौद्ध भिक्षु माथि संगीन आरोपलगाएर ठाउँको ठाउँ आफैले हात हाल्नु उचित व्यवहार भएन। तपाईले जानाजान एउटा बौद्ध अनुयायी माथि जुन अपराध गर्नुभएको छ त्यो क्षमायोग्य छैन। तपाईले कुनै ब्यक्तिप्रति शंकालागेको भ ए थप्पड हानेर ंबदला लिएर ंबद्नाम हुनु भन्दा प्रहरीको जिम्मा लगाएको भ एपो सवैलाई चित्त सन्तोष हुन्थ्यो। तर यस तपाईको यो व्यवहारले सम्पूर्ण कलाकारको मनमा अप्ठ्यारो महशुसं हुनपुगेको छ।

    1. तपाई साच्चिकै डा हो र ? डा अर्थात डाका हो ? डाक्टर को त यस्ती सारो निम्सरो सोच नहुनु पर्ने हो । फिल्म मा हिरो ले टच गर्दा केहि नहुने रे ? त्यो त एउटा कलाकार को काम हो नि ।तपाई पनि कलाकार बनेर जानुस यार प्रोजेक्ट मा सङ्गै काम गर्नुस तपाइ पनि मज्जाले समाएर नाच्न सक्नु हुन्छ ।जो कोही पनि नाच्न सक्छ ।यसो भन्दै गर्दा क्यामेरा बाहिर त्यसो गर्दा त हिरो जिरो सौगात होस कि दयाहाङ जस्ले नि झापड खान्छ कुरा बुझ्नु भो नि डा साप ।र सामाजिक सन्जाल मा एउटा भिडियो क्लिप पनि देखेको छु जस्मा भिक्षु ले मोबाईल बोकेको हात ले मिरुना को पाखुरा मा समातेको देखिन्छ भने एउटा हात मिरुना को पछाडी हुन्छ जुन मिरुना को ढाड ले छेकिएको देखिन्छ । फेरी भिक्षु को कपडा लगाउदै उस्लाई यौन चाहाना बिपरित लिङ प्रती आकर्षण हुँदैन भन्न मिल्दैन उ पनि हामी जस्तै मानब हो ।भिक्षुलाई पनि रङिन दुनिया त मन पर्ने रहेछ नि ।नत्र किन फिल्म हेर्न जान्थ्यो ? हेक्का रहोस बिभिन्न धर्म को आड मा महान साधु सन्त हरु यौन काण्ड मा मुछिएर जेल चलान भएको घटना सर्बबिदितै होला ।

      1. तेहि डा होइन डाका होला। जे भएर instant reaction लिइन तेसलाइ नपत्याउनु गलत छ। भेष लाउदैमा, भाषा नजानेर गलत काम नगरेको भन्न मिल्दैन। हामीहरुलाई कुनै पनि घटनामा तथ्य कुरो आएपछि फेरि सनसनीपूर्ण बनाउन बंग्याएर कथा हाल्ने बानी परेकोछ।

    2. तपाईंको प्रतिक्रिया पढेर मेरो मनमा धेरै प्रस्नहरु आए । पहिलो, तपाईं कसरी भन्दै हुनुहुन्छ कि भिक्षु निर्दोष छन? के तपाईं सङ यथेस्त प्रमाण छ, उहाँलाई निर्दोष साबित गर्ने? दोस्रो, के कलाकारहरूले फिल्ममा जस्तो रोल प्ले गर्छन, सबै सङ तेस्तै गर्नु पर्ने हो र? फिल्ममा किस सिन दिन्छन भने के सर्बजनिक स्थलमा जो पायो तेहि सङ तेस्तै गर्नु पर्ने हो? तेस्रो, तपाईं कसरी Dr. हुनु भयो, Dr. हुन लाई त logic मा खेल्न जान्नु पर्छ हैन र? तेहि हो तपाईंको logic?

  2. Bhikchhu ko dress ma bhaye pani tyo euta boka ho, samanya boka haina aparaadhi boka. Doctor huna logic ani knowledge kehi hunu pardaina, idiots can be doctors these days if their parents got some money.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर