उद्घाटन समारोह सुरू हुनै लाग्दा पर्वतारोहण संघको साधारणसभा स्थगित – Nepal Press

उद्घाटन समारोह सुरू हुनै लाग्दा पर्वतारोहण संघको साधारणसभा स्थगित

पूर्वअध्यक्ष जिम्बा जाङ्बु शेर्पा समूह सहमतिमा आउन मानेन

काठमाडौं । नेपाल पर्वतारोह संघको ३१ औं साधारणसभा अन्तिम समयमा आएर स्थगित भएको छ । पूर्वअध्यक्ष जिम्बा जाङ्बु शेर्पासहितको समूहले जिल्ला प्रशासनमा स्थनको माग गर्दै निवेदन दिएको र प्रशाासनले सहमतिबाटै साधारणसभा गर्न भनेकाले स्थगित भएको संघले जनाएको छ ।

साधारणसभा आजै उद्घाटनको तयारी थियो र सदस्यहरू कार्यक्रमस्थलमा पुग्दै थिए । तर, पूर्वअध्यक्षको समूह सहमतिमा पनि नआउने र सत्ताको प्रयोग गरेर संघमा हस्तक्षेप गर्ने प्रक्रियामा लागेपछि साधारणसभा स्थगित भएको हो ।

संघका अध्यक्ष सन्तवीर लामाले सोमबार विज्ञप्ति जारी गर्दै सहमतिको प्रयास गर्दा पनि पूर्वअध्यक्षको समूह सहमतिमा नआएको बताएका छन् ।

जिम्बा समूह यसअघि पराजित भएकाले साधारणसभा रोकेर तदर्थ समिति गठन गरी आफू नेतृत्वमा फर्किन चाहिरहेको छ । चुनाव हुँदा पराजित हुने भएपछि संस्थालाई नै धराशायी पार्न उनीहरू लागेको आरोप लामा पक्षको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर