पाण्डेविरुद्ध मानव बेचविखन र यौन दुर्व्यवहारको दुई मुद्दा चल्ने, आज म्याद थपिँदै – Nepal Press

पाण्डेविरुद्ध मानव बेचविखन र यौन दुर्व्यवहारको दुई मुद्दा चल्ने, आज म्याद थपिँदै

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध दुई फरक आरोपमा मुद्दा चल्ने भएको छ । एक युवतीमाथि मानवबेचविखन र अर्की किशोरीमाथि यौन दुर्व्यवहारको आरोपमा मुद्दा चलाउने तयारी गरिएको हो ।

आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा दोस्रो भएकी सुस्मिता रेग्मीले आफूमाथि पाण्डेले पटक–पटक बलात्कार गरेको आरोप लगाउँदै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेकी थिइन् । तर, उक्त घटनामाथि जाहेरी दिने हदम्याद पहिल्यै सकिएकाले प्रहरीले सुस्मितामाथिको अपराधलाई मानव बेचविखनतर्फ मोड्न लागेको हो । बलात्कारमा जाहेरी दिने हदम्याद एक वर्ष हुन्छ ।

त्यस्तै अर्की एक किशोरी पाण्डेले आफूलाई बलात्कार प्रयास गरेको भन्दै हिजो प्रहरीको सम्पर्कमा आएकी थिइन् । उनको किटानी जाहेरीसमेत दर्ता भइसकेको छ । स्रोतका अनुसार उनको हकमा प्रहरीले पाण्डेविरुद्ध यौन दुर्व्ववहारको मुद्दा चलाउने तयारी गरेको छ । उमेरले नाबालिक भएकाले उनको केसमा हदम्याद आकर्षित हुँदैन ।

आरोपी पाण्डेलाई आज म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिँदै छ । अदालतले मानवबेचविखन वा यौन दुर्व्ववहारमध्ये एउटा आरोपमा म्याद थप्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर