पीडित किशोरीको स्वास्थ्य र सुरक्षाको ग्यारेन्टी गर्न सरकारलाई महिला आयोगको ध्यानाकर्षण – Nepal Press

पीडित किशोरीको स्वास्थ्य र सुरक्षाको ग्यारेन्टी गर्न सरकारलाई महिला आयोगको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय महिला आयोगले आठ वर्षअघि एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीमाथि आयोजकले गरेको बलात्कार गरेको घटनाको अनुसन्धान तथा निष्पक्ष छानबिन गरी पीडितलाई न्याय प्रदान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै पीडकलाई कानून बमोजिमको कारबाहीको मा गर्दै पीडित किशोरीको स्वास्थ्य र सुरक्षाको उचित प्रबन्धको लागि समेत सरकार र सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ ।

उक्त घटनाबारे सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा आएका समाचारप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यौन अपराध, बलात्कार जस्तो जघन्य हिंसाप्रति राष्ट्रिय महिला आयोग शून्य सहनशीलताको सिद्धान्तमा अघि बढेको बताएको छ ।

यो विषय जानकारीमा आउने बित्तिकैदेखि आयोगले पीडित पक्ष, सरकार र सुरक्षा निकायसँग समन्वय र सहकार्य गरिरहेको आयोगले जनाएको छ ।

आयोगले सरकारले गठन गरेको छानबिन समितिले उक्त घटनाबारे निष्पक्ष छानबिन गर्ने कार्यका लागि सबै पक्षको आवश्यक सहयोगका लागि समेत आग्रह गरेको छ ।

यस घटनाको सम्बन्धमा सरकारको समेत ध्यानाकर्षण भएर सरकारले नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख वसन्तबहादुर कुँवरको नेतृत्वमा छानबिन समिति गठन गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर