मिथ्या आरोप लागेपछि अर्जुन पराजुलीको विरक्ती कविता, भुपेन्द्रको अर्को चोरी भेटियो ! – Nepal Press

मिथ्या आरोप लागेपछि अर्जुन पराजुलीको विरक्ती कविता, भुपेन्द्रको अर्को चोरी भेटियो !

काठमाडौं । सामाजिक सञ्जालमा आफूले हालेको ‘कविता’ लाई चोरीको वात लागेपछि कवि अर्जुन पराजुलीले निकै तनाव खेपे । एक पुस्तक प्रकाशकले आफ्नो सिर्जना पराजुलीले कपि गरेको भन्दै ‘चोर’ को संज्ञा दिएका थिए ।

पराजुलीले उक्त रचना आफ्नो भएको प्रमाणहरु सार्वजनिक गरेपछि विवादको तत्काल मैझारो भएको छ । तर, आरोप लगाउने भुपेन्द्र खड्काले अझै पनि गल्ति स्वीकार्न तयार छैनन् । उनी आफूले एक कमिक्सबाट ‘इन्स्पायर’ भएर ती पंति रचेको दावी गर्छन् । खैर, उनको चोरी पुष्टि भइसकेको छ ।

यस घटनाबाट वयोवृद्ध कवि पराजुली भने विरक्तिएका छन् । आफ्नो विरक्तिभाव कवितामार्फत नै पोखेका छन् उनले । उनको यस्तो कविता यस्तो छः

यसैबीच भुपेन्द्रले अरुको स्टाटस चोरेर पोष्ट गर्ने गरेको अर्को तथ्य पनि भेटिएको छ । उनले २०१४ को अक्टोबर १५ मा हालेको स्टाटस सोही वर्षको १९ सेप्टेम्बरमा अर्को व्यक्तिले गरेको पोष्टबाट कपि गरेको पाइएको हो ।

भुपेन्द्र बुकहिल नामक प्रकाशनगृहका संस्थापक हुन् । अरु स्रष्टाका सिर्जनालाई संरक्षण गरेर प्रकाशन गर्ने जिम्मेवारी बोकेका व्यक्ति आफैं रचना चोरीमा संलग्न भएको भन्दै आलोचना भइरहेको छ ।


प्रतिक्रिया

3 thoughts on “मिथ्या आरोप लागेपछि अर्जुन पराजुलीको विरक्ती कविता, भुपेन्द्रको अर्को चोरी भेटियो !

  1. चोरको कलम काटिनुपर्छ, मसि सुकाईदिनुपर्छ। घाँटी काट्दा त्यस्ता प्लेगरिष्टले भात निल्न सक्दैन, बुकहिलबाट आको पैसाले किनेको भात खाएन भने उसको देह जान सक्छ, किनकि साहित्यिक रुपमा मरिसकेको उ कथित पात्र भौतिकरुपमा मात्र ठिङ्ग उभिनमात्र सकोस, अरु केही डेग लाउन सक्दैन अब ईथिकल्लि।

  2. चोर को ठूलो स्वोर , चोरेर खाने बानी परेकाहरुले आफ्नो जिन्दगिमा केही गर्ने दुस्साहस गर्दैनन किनकी उनिहरु चोर्नमै रमाउछन, चोर्नु नै उनिहरुको कला, धर्म र पेशा सम्झिनछन । त्यसैले त अरुले उस्लाइ चोर भन्नू पहिला आफैले आरुलाइ चोर देख्छ।। फुलको आखामा फुलै सन्सार , काडाको आखामा काडै सन्सार यो गीत याद आयो सृजाना चोरी को स्वर देख्दा।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर