काठमाडौंको तारकेश्वर कांग्रेसले जित्यो, मेयरमा महर्जन निर्वाचित – Nepal Press

काठमाडौंको तारकेश्वर कांग्रेसले जित्यो, मेयरमा महर्जन निर्वाचित

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णहरि महर्जन निर्वाचित भएका छन् । प्रतिस्पर्धी एमालेका रामेश्वर बोहोरालाई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।

त्यस्तै उपप्रमुखमा पनि कांग्रेसकी सिर्जना बुर्लाकोटी विजयी भएकी छन् । उनले एमालेकी उम्मेदवार भवानी डोटेललाई पराजित गरेकी हुन् ।

कुल ११ वडा रहेको तारकेश्वर नगरपालिकामा ३५ हजार ८२ मतदाता रहेकोमा २६ हजार ७०२ मत खसेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर