टी–२० शृङखलामा युगान्डासँग १२ रनले हार्यो नेपाल – Nepal Press

टी–२० शृङखलामा युगान्डासँग १२ रनले हार्यो नेपाल

काठमाडौं । खराब ब्याटिङ गरेको नेपाल युगान्डासँग १२ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा सम्पन्न टी–२० शृङखलाको पहिलो खेलमा टस जितेर पहिला फिल्डिङ रोजेको नेपालले १ सय ३ रनको लक्ष्य पाएको थियो । युगान्डाले दिएको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९० रन मात्रै बनायो ।

खराब ब्याटिङ गरेको नेपालका लागि इन्दु वर्माले सबै भन्दा धेरै १६ रनको योगदान गरिन, ओपनर विन्दु रावल १२, डोली भट्ट १३ र कविता कुँवर ११ बाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।

युगान्डाको वलिङमा साराहले आकिटेङ र कोन्की अवेकोले २/२ विकेट लिए भने, जानेत बाबाजाई र रिता मुसामालीले समान एक विकेट लिए ।जितसँगै युगान्डाले पाँच खेलको शृङखलामा २ अंक जोडेको छ । नेपाल र युगान्डा बीचको दोस्रो खेल मंगलबार हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर