माओवादी र कांग्रेसका कार्यकर्ता मतपेटिका राखेको कोठामा छिरेपछि प्रहरीले गोली चलायो, एक जना घाइते – Nepal Press

माओवादी र कांग्रेसका कार्यकर्ता मतपेटिका राखेको कोठामा छिरेपछि प्रहरीले गोली चलायो, एक जना घाइते

काठमाडौं । गोरखाको भीमसेन थापा गाउँपालिका-२ ताराखसेस्थित मतदान केन्द्रमा नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ता मतपेटिका राखेको कोठामा प्रवेश गर्न खोजेपछि प्रहरीले गोली चलाएको छ ।

गोली लागेर निर्वाचन स्वयंसेविका मनीषा थापा घाइते भएको जिल्ला प्रहरी प्रमुख केदार खनालले जानकारी दिए । थापाको तिघ्रामा गोली लागेको छ।

आपसी विवादमा कांग्रेस र माओवादीका कार्यकर्ता मतपेटिका राखेको कोठामा प्रवेश गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर