मौन अवधिमा प्रचार गरेको भन्दै कांग्रेस कार्यकर्ताद्वारा शान्ता चौधरीको घर घेराउ – Nepal Press

मौन अवधिमा प्रचार गरेको भन्दै कांग्रेस कार्यकर्ताद्वारा शान्ता चौधरीको घर घेराउ

काठमाडाैं। एमाले सांसद शान्ता चौधरीले मौन अवधिमा चुनाव प्रचार गरेको आरोप लगाउँदै स्थानीय कांग्रेस कार्यकर्ताले दाङमा उनको घर घेराउ गरेर धाकधम्की दिएका छन् । आफू माइत गएर फर्किने क्रममा पछ्याएका स्थानीय कार्यकर्ताले घरबाहिर आएर राति अबेरसम्म होहल्ला गरेको चौधरीले बताइन् ।

दाङको घोराइ उपमहानगरपालिकास्थित डाँडा गाउँमा शान्ताको माइती र घर करिब २० मिनेटको दुरीमा छ । माइतीमा बिरामी आमालाई आज भेटेर फर्किँदा कांग्रेसका स्थानीय कार्यकर्ताले चुनाव प्रचारमा गएको आरोप लगाएको उनको भनाइ छ ।

‘म दुईजना आफन्तसहित फर्किँदै गर्दा केही चिनजानका व्यक्तिले हामी चढेको गाडीमै अवरोध पुर्याएका थिए,’ उनले भनिन्, ‘पछि घरसम्मै आएर उनीहरुले मलाई विभिन्न तरिकाले धम्याइरहे ।’

शान्ताले आफ्नो घर घेराउ गरिएको भन्दै फेसबुकमा राति करिब ११ बजे स्टाटस लेखेकी थिइन् । त्यसपछि प्रहरी सुरक्षा दिन उनको घरसम्मै आएका थिए । तर, प्रहरी आउनुअगाडि नै घेराउ गर्नेहरु हिँडिसकेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर