एनएसएलको लागि नयाँ मिति तय – Nepal Press

एनएसएलको लागि नयाँ मिति तय

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले नेपाल सुपर लिग(एनएसएल)का लागि नयाँ मिति दिएको छ ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गर्ने लिगका लागि एन्फाले भदौ १५ देखि असोज २५ सम्मको समय दिएको आयोजकले जानकारी दिएका छन् ।

यसअघि चैत्र २६ देखि जेठ ७ गतेसम्म आयोजना हुने भनिएको एनएसएल अक्सन पछि खेलाडी अनुबन्धको विषयलाई लिएर ए डिभिजन क्लबहरुले असहमति जनाएपछि टाइसिट ड्र गर्ने समयमा स्थगित भएको थियो ।

त्यसपछि अन्योलमा परेको एनएसएलले एन्फालाई आफ्नो वार्षिक क्यालेन्डरमा लिगलाई राख्दै भदौ २५ देखि कार्तिक ५ गतेको समय मागेको थियो।

अघिल्लो सिजनका सात र यसै सिजन थपिएका तीन टोली गरी एनएसएलमा १० टोलीका सहभागिता रहने छ । नयाँ टिमहरु स्पोर्टिङ इलाम दी मेचि, विरगंज युनाइटे र झापा फुटबल क्लब रहेका छन् । अघिल्लो सिजन विराटनगर सिटी, काठमाडौं रेजर्स, ललितपुर सिटी, चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी र धनगढी एफसी थिए ।

काठमाडौं रेजर्स एनएसएल पहिलो सिजनको च्याम्पियन बनेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *