चार घण्टाको आगोले खरानी भयो कमैया शिविर (तस्बिरहरु) – Nepal Press
विपत्तिमा विपतपुर

चार घण्टाको आगोले खरानी भयो कमैया शिविर (तस्बिरहरु)

कैलाली । मुलुकभर चुनावको चटारो चलिरहेका बेला कैलालीको कैलारी गाउँपालिकाको एउटा बस्तीमाथि नै बज्रपात परेको छ ।

जिल्लाको कैलारी गाउँपालिका–७ विपतपुर मुक्त कमैया शिविर चार घण्टाको आगलागीबाट खरानी भएको छ । आइतबार दिउँसो साढे १ बजेदेखि सुरु भएको आगलागी साँझ साढे ४ बजे मात्रै नियन्त्रणमा आएको थियो ।

आगलागीले ७१ घर ,गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ । एक्कासी भएको आगलागीले स्थानीयवासीको लत्ताकपडा, खाद्यान्न, चौपाया जलेर नष्ट भएका छन् ।

घर भर्खरै भित्र्याएको गहुँसहित खाद्यान्न, शरीरमा भएको लत्ता कपडाबाहेक सबै सम्पत्ति जलेर नष्ट भएपछि स्थानीयको बिचल्ली भएको छ । तर, मानवीय क्षति भने हुन जपाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

जिल्लाको निकै दुर्गममा रहेको सो बस्तीमा तत्कालै अग्नि नियन्त्रक स्रोतसाधन पुग्न नसक्दा ठूलो क्षति भएको स्थानीयवासीले बताएका छन् ।

आगलागी भएको निकै समयपछि मात्रै टीकापुर, धनगढी, घोडाघोडी नगरपालिकाबाट गएको दमकल र कैलारी गाउँपालिकाको एक्स्काभेटर सहायता तथा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको लामो प्रयासले आगो नियन्त्रणमा आएको हो ।

तस्बिरः कुलराज चौधरी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर