आगलागीबाट घर जोगाउन बाल्टीमा पानी बोकेर छानोमा – Nepal Press

आगलागीबाट घर जोगाउन बाल्टीमा पानी बोकेर छानोमा

रुपन्देही । दाङको देउखुरीस्थित आमखोली सामुदायिक वन क्षेत्रमा लागेको डढेलो बुधबार दाङको लमही नगरपालिका–९ तेलिया गाउँमा सल्किएपछि सबै गाउँले आतंकित भएका थिए ।

सबै आफ्ना घरका सामान जोगाउने प्रयासमा लागेका थिए । विशेषगरी जंगलमा लागेको आगो बस्तीमा आउने त्रासले सबै सर्तक अवस्थामा थिए । तर जंगलको आगो निभाउँदा निभाउँदै बस्तीमा आइपुग्यो ।

स्थानीय रामबहादुर कुमाल र उनका छोरा गणेश कुमालको घर जल्यो । काठले बारेका र खरले छाएका कच्ची घरमा आगो दनदनी दन्किन थालेपछि स्थानीयले हार मानेका थिए । त्यसपछि स्थानीय दिनेश कुमाल आफ्नो घर जोगाउन बाल्टीमा पानी बोकेर घरको छानामाथि चढेको भिडियो समाचार संकलनका लाग पुगेका पत्रकार शिवु खनालले खिचेका थिए ।

उनी खरको छाना भएको घरमाथि बाल्टीमा पानी लिएर बसेको र छिमेकीको घर जलिरहेको अनि उनको परिवारले तलबाट पानी लिइरहेको भिडियो अहिले भाइरल भइरहेको छ । इमिलिया प्रहरीका इन्सपेक्टर लालबहादुर श्रेष्ठका अनुसार दिनेशमात्र होइन, प्राय सबैजसो स्थानीय आ–आफ्नो घर जोगाउन पानी बोकेर छानामाथि चढेका थिए ।

फोटाभिडियो सौजन्य पत्रकार शिवु खनाल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *