अमेरिकी बाबु र भारतीय आमाबीच नेपालको अध्यागमनमा ‘छोरी’ खोसाखोस (भिडिओ) – Nepal Press

अमेरिकी बाबु र भारतीय आमाबीच नेपालको अध्यागमनमा ‘छोरी’ खोसाखोस (भिडिओ)

काठमाडौं । काठमाडौंको कालिकास्थानस्थित अध्यागमन कार्यालयमा बुधबार दिउँसो भारतीय मुलका दुई महिला र पुरुष एउटी बालिका खोसाखोस गरिरहेका थिए।

स्थिति असहज बनेपछि विभागले नै हस्तक्षेप गरेको थियो । उनीहरू थिए अमेरिकी नागरिक करन गोएल र भारतीय नागरिक कनिका लुथ्रा ।

अध्यागमन विभागका प्रवक्ता अन्जन न्यौपानेले होहल्ला भएपछि उनीहरू दुवैलाई एउटा कोठामा राखेर विवाद मिलाउने काम भएको बताए।

नेपालस्थित अमेरिकी र भारतीय दूतावासका अधिकारीहरू पनि उक्त छलफलमा सहभागी थिए । ‘करन छोरीका लागि भिसा लिन आउनु भएको रहेछ तर उहाँ आउनेबित्तिकै विवाद सुर भयो । त्यसैले भिसाको केही कामै नभई फर्कनु भयो’, न्यौपानेले भने।

स्रोतका अनुसार कनिकाले आफ्नी ८ वर्षीया छोरी मेहरलाई करनले चोरेर ल्याएको र नेपालबाट अमेरिका लैजान लागेको बताएकी थिइन् । भारतीय सर्वोच्च अदालतको आदेशपछि मेहर सन् २०१७ देखि कनिकासँगै रहँदै आएकी थिइन् ।

गत अप्रिल १३ देखि ५ दिनका लागि भारतीय उच्च अदालतले राहदानी जमानतमा राखेर करनलाई मेहरलाई उनीसँगै राख्ने अनुमति दिएको थियो । तर, छोरी फिर्ता नगरि स्थल मार्ग हुँदै करन काठमाडौं आइपुगेको र अमेरिका जान लागेको कनिकाको भनाई थियो ।

‘छलफलपछि हिजो चाहिँ छोरीलाई बाबुले नै साथमा लिएर गएका छन् तर हाम्रोबाट भिसाको कुनै प्रकृया अगाडि बढेको छैन’, न्यौपानेले भने।

करनले ओरिजिनल पासपोर्ट भारतको अदालतमा राखेपनि अर्कै पासपोर्ट प्रयोग गरेर अमेरिका जान लागेको कनिकाको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर