थप तीन स्थानीय तहका निर्वाचन अधिकृत फेरिए – Nepal Press

थप तीन स्थानीय तहका निर्वाचन अधिकृत फेरिए

काठडमाडौं । निर्वाचन आयोगले थप तीन स्थानीय तहका निर्वाचन अधिकृत हटाएर नयाँलाई खटाएको छ । आयोगले बैतडीका दुई स्थानीय तह र सप्तरीको एक स्थानीय तहमा यसअघि खटाइएका निर्वाचन अधिकृतलाई हटाएर नयाँ निर्वाचन अधिकृत खटाएको हो ।

आयोगका अनुसार बैतडीको डिलासैनी गाउँपालिकामा खटाइएका भाषा आयोगमा कार्यरत उपसचिव लोकबहादुर लोप्चनलाई हटाएर कृष्णपुर नगरपालिका कञ्चनपुरमा कार्यरत अधिकृत दशौं तहका विष्णुदत्त भट्टलाई डिलासैनी गाउँपालिकाको निर्वाच्न अधिकृतमा खटाइएको छ ।

बैतडीकै पञ्चेश्वर गाउँपालिकाको निर्वाचन अधिकृतमा खटाइएका पाठ्यक्रम विकास केन्द्रमा कार्यरत प्रेमकुमार भट्टराईलाई हटाएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा कार्यरत उपसचिव धर्मानन्द जोशीलाई पञ्चेश्वर गाउँपालिकाको निर्वाचन अधिकृतमा खटाएको छ ।

यस्तै सप्तरीको विष्णुपुर गाउँपालिकामा खटाइएका भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव प्रकाशप्रसाद पोखरेललाई हटाएर महालेखा नियन्त्रकको कार्यालय अन्तरगत कार्यरत उपसचिव यादवप्रसाद न्यौपानेलाई विष्णुपुर गाउँपालिकाको निर्वाचन अधिकृतमा खटाएको आयोगले जनाएको छ ।

आयोगका अनुसार नयाँ तीन स्थानीय तहमा खटाइएका निर्वाचन अधिकृतलाई बैशाख २ गतेदेखि लागू हुने गरी खटाइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर