जनकपुरधाममा चैती छठको रमझम, अस्ताउँदो सुर्यलाई अर्घ चढाइयो – Nepal Press

जनकपुरधाममा चैती छठको रमझम, अस्ताउँदो सुर्यलाई अर्घ चढाइयो

जनकपुरधाम । जनकपुरधाममा चैती छठको रमझम देखिएको छ । आज चैती छठको अवसरमा जनकपुरको विभिन्न पोखरीहरुलाई सिंगारिएको छ । ऐतिहासिक गंगासागरमा छठको रमझम देखिएको छ ।

ब्रतालुहरुले आज अस्ताउदो सुर्यको अर्घ चढाएका छन् । भोली उदाउँदै गरेको सूर्यलाई अर्घ दिदैँ छठको समापन हुन्छ । चार दिवसीय पर्व छठमा पहिलो दिन वर्तालुहरुले नुहाउने, खाने र दोस्रो दिन खरना (भरदिन उपवास गरेर साँझ खीर तथा फलफुल खाने) चलन रहेको छ ।

तीन दिनसम्म ब्रतालुले उपवास बस्नुपर्ने भएकाले हिन्दुधर्ममा छठलाई कठोर पर्वको रुपमा लिइन्छ । चैतको शुक्ल पक्षको षष्ठी तिथिका दिन शुरु हुने चैती छठमा पनि कार्तिकको छठ जस्तै पूजाअर्चना हुने गर्दछ भने सूर्य देवतालाई पूजा गरिने छठ पर्व जलाशयमा मात्र हुन्छ ।

कार्तिकको छठ हिन्दुधर्मालम्वीहरुको लागि सबैभन्दा ठुलो पर्व हुँदा जनकपुरधामको पोखरीहरुमा ब्रतालुहरुको भीड हुन्छ । यस्तै छठ हेर्न आन्तरिक तथा बाह्य पर्यटक समेत जनकपुरधाम आउने गर्छन् । तर चैती छठ थोरैले मनाउने गरेकाले कम भीडभाड हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर