निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्दै, दुई लाख मतदाता थपिए – Nepal Press

निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्दै, दुई लाख मतदाता थपिए

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशन गर्दैछ । यसअघि एक करोड ७८ लाख मतदाता रहेको अनुमान गरेको आयोगले आज औपचारिकरुपमै मतदाताको सूची सार्वजनिक गर्न लागेको हो ।

नामावलीमा दाबी विरोधका लागि फागुन १९ गतेदेखि एक साताको म्याद दिइएको थियो । दाबी विरोधपछि करिब एक लाख मतदाता सूचीबाट हटेको बताइएको छ । अन्तिम नामावली प्रकाशन भइसकेपछि कुनै प्रकारबाट हेरफेर गर्न सकिने छैन ।

अघिल्लो निर्वाचनमा भन्दा करिब दुई लाख मतदाता थपिएको आयोगले जनाएको छ ।

यद्यपि, आयोगले करिब दुई करोड मतपत्र छाप्ने तयारी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर