धनकुटामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु  – Nepal Press

धनकुटामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु 

धनकुटा । धनकुटाको सागुरीगढी गाउँपालिका–६ नजिकै मंगलबार राति जिप दुर्घटना  हुँदा एकजना यात्रुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिपमा सवार धनकुटाकै सागुरीगढी गाउँपालिका–७ की १९ वर्षिया श्रेया राई रहेकी छन् ।

उनको उपचारको क्रममा विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।  गएराति ९ बजे मे १ ज २१६२ नम्बर जिप अनियन्त्रित भई सडकमा पल्टिएको इलाका प्रहरी कार्यालय भेडेटारले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर