लोक सेवा आयोगको खुला प्रतिस्पर्धाबाट पाँच सहसचिव सिफारिस (नामावलीसहित) – Nepal Press

लोक सेवा आयोगको खुला प्रतिस्पर्धाबाट पाँच सहसचिव सिफारिस (नामावलीसहित)

काठमाडौं । लोक सेवा आयोगले लिएको राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव)को खुला प्रतिस्पर्धाबाट पाँच सहसचिव सिफारिस भएका छन् । आयोगले नेपाल प्रशासन सेवाको सहसचिवतर्फको चैत एक गतेदेखि आठ गतेसम्म सञ्चालन भएको खुल्ला प्रतिस्पर्धातर्फ अन्तर्वार्ता, मामिला प्रस्तुतीकरण र लिखित परीक्षासमेतको आधारमा सार्वजनिक भएको नजिता अनुसार पाँच सहसचिव सिफारिस भएका हुन् ।

सहसचिव उत्तीर्ण हुनेमा खुल्लातर्फ सुरेश पन्थी र प्रदीप परियार रहेका छन् भने अपाङ्गतातर्फ श्यामकृष्ण थापा, महिलातर्फ कल्पना श्रेष्ठ र मधेसीतर्फ सुरेश राउत रहेका छन् । २०७८ पुस चार गतेदेखि सात गतेसम्म सञ्चालन भएको लिखित परीक्षामा खुल्ला प्रतिस्पर्धातर्फ दुई, महिलातर्फ एक, मधेसीतर्फ एक र अपाङ्गगतातर्फ एक गरी पाँच पदका लागि परीक्षा सञ्चालन भएको थियो । अन्तर्वार्ताका लागि खुल्लातर्फ चार, महिलातर्फ सात, मधेसीतर्फ तीन र अपाङ्गतातर्फ तीन गरेर जम्मा १७ जना छनौट भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर