सत्ता गठबन्धनको बैठक बस्दै, एमसीसी कार्यान्वयनबारे छलफल हुने – Nepal Press

सत्ता गठबन्धनको बैठक बस्दै, एमसीसी कार्यान्वयनबारे छलफल हुने

काठमाडौं । सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार बैठक केहीबेरमा बालुवाटारमा बस्दैछ ।

संसदबाट एमसीसी अनुमोदनको चार दिनमा एमसीसी बोर्डबाट स्वीकृत भएको दोस्रो दिन गठबन्धनको बैठक बस्न लागेको हो ।

बुधबार प्रधानमन्त्री देउवाले सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर