युवासंघद्वारा चुनाव घोषणाको स्वागत, मन्त्री बर्खास्त गर्नुपर्ने अडान कायमै – Nepal Press

युवासंघद्वारा चुनाव घोषणाको स्वागत, मन्त्री बर्खास्त गर्नुपर्ने अडान कायमै

काठमाडौं । नेकपा (एमाले) निकट युवा संघले स्थानीय तह निर्वाचनकाे मिति घोषणा गर्ने सरकारको निर्णयको स्वागत गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले स्थानीय तहको निर्वाचन बैशाख ३० मा गर्ने निर्णय गरेको थियो ।

युवासंघले विज्ञप्ति जारी गरेर आफ्नो मुख्य मुद्दा सम्बोधन भए पनि अन्य माग भने यथावत रहेको बताएको छ ।

‘युवा आन्दोलनले सार्थकता पाएको छ,’ अध्यक्ष किरण पौडेलले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो एक मुख्य मुद्धाको सम्बोधन भएको छ। बैशाख ३० गते स्थानिय निर्वाचन घोषणा भए संगै मातहत सम्पूर्ण कमिटी हरुलाई अबका हरेक कार्यक्रम ,अभियानहरुलाई निर्वाचन केन्द्रित गर्न र गराउन राष्ट्रिय युवा संघ नेपाल निर्देशन गर्दछ।’

तर युवा संघले मूल्यवृद्धि खारेज गर्नुपर्ने, हिंसात्मक अभिव्यक्ति दिएकी मन्त्री रेणु यादवलाई बर्खास्त गर्नुपर्ने, स्वास्थ्य मन्त्रीलाई कारबाही गर्नुपर्ने लगायतका माग भने यथावत रहेको बताएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *