इलाम २ को मतगणना सुरू (भिडिओ) – Nepal Press

इलाम २ को मतगणना सुरू (भिडिओ)

विराटनगर । इलाममा मतगणना सुरू भएको छ । सिटी हलमा गणना सुरू गरिएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

फाकफोकथुम गाउँपालिकाको थार्नेखोप प्रावि मतदान केन्द्रबाट गणना थालिएको हो ।

यहाँका ६ वटा पालिकामध्ये फाककफोकथुम गाउँपालिकाको मतपत्रबाट गणना सुरू भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए । त्यसपछि क्रमशः चुलाचुली र माङसेबुङ गाउँपालिका, माई, देउमाई र इलाम नगरपालिकाको मतपत्र गणना गरिने छ । सोमबार साँझसम्ममा अन्तिम मतपरिणाम आउने सम्भावना रहेको उनले बताए ।

मतपरिणाम एक घण्टाको फरकमा सार्वजनिक गरिने जानकारी पनि उनले दिए । मतगणनास्थलमा ११ वटा सिसी क्यामरा जडान गरिएको तथा भीडभाड हुन नदिन चोक बजारमा डिस्प्लेमार्फत मतगणनाको अपडेट गरिनेछ ।

कूल ५९ दशमलव ७९ प्रतिशत मत खसेको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए ।

यहाँ एक लाख १५ हजार ८८९ मतदाता छन् ।

तस्बिर सौजन्य : भूमिका पाख्रिन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर