सुकुम्बासी ठग्ने गिरोहको ट्याक्टिस्- दुई लाख दिनुस्, चार आना जग्गा पक्का ! – Nepal Press

सुकुम्बासी ठग्ने गिरोहको ट्याक्टिस्- दुई लाख दिनुस्, चार आना जग्गा पक्का !

काठमाडौं । काठमाडौंमा जग्गाको आश गरिरहेका सुकुम्बासीमाथि एक गिरोहले ठगी गरिरहेको पाइएको छ। गिरोहले ‘दुई लाख रुपैयाँ दिए चार आना जग्गा पक्का’ भन्दै सुकुम्बासीलाई प्रलोभनमा पारिरहेको प्रहरीको दाबी छ।

आफूलाई भूमी आयोगबाट खटाइएको कर्मचारी बताएर ठगी गरेको आरोपमा काठमाडौं प्रहरीले आइतबार दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ वसन्तनगरमा सुकुम्बासीलाई प्रलोभन देखाएर ठगी गर्न लागेको अवस्थामा झापाको भद्रपुर स्थायी घर भइ काठमाडौंको टोखा बस्दै आएका ३८ वर्षीय होमनारायण चौधरी र काठमाडौंको बूढानीलकण्ठ स्थायी घर भएका ४४ वर्षीय उद्धव भण्डारी पक्राउ परेका हुन् ।

उनी हरुको साथबाट प्रहरीले ल्यापटप, प्रिन्टरसहित भूमिहीनहरुलाई जग्गा प्रदान गर्न सरकारले बनाएका विभिन्न आवेदन बरामद् भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर