गैंडाको निधनमा व्यवसायीलाई कारवाही गर्नु गैरकानूनी : महासंघ – Nepal Press

गैंडाको निधनमा व्यवसायीलाई कारवाही गर्नु गैरकानूनी : महासंघ

काठमाडौं । खाल्डोमा परेर गैंडाको निधन भएको घटनामा निर्माण व्यवसायीलाई गैरकानूनी रुपमा कारवाही प्रक्रिया अगाडी बढाइएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ ।

निर्माण क्षेत्रमा गैंडाको प्राकृतिक आवतजावतका क्रममा भएको दुःखद निधनको तथ्यलाई तोडमोड गरेर व्यवसायीमाथि गैरकानूनी रुपमा कारवाही प्रक्रिया अगाडी बढाइएको महासंघको भनाई छ ।

निर्माण कम्पनी इन्डो—सगुन जे.भीबाटले निर्माण गरिरहेको उक्त काम राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन नियम विपरित नभएको उल्लेख गर्दैै महासंघले सम्झौता बमोजिम नै कम्पनीले सम्पूर्ण सुरक्षाका मापदण्ड अपनाएको जनाएको छ ।

महासंघले विज्ञप्ती जारी गर्दै भनेको छ, ‘तथ्य तोडमोड गरी निर्माण व्यवसायी उपर प्रचलित कानून विपरीत हुने गरी अनुसन्धानको नाममा पक्राउ पुर्जी जारी गर्ने, दुःख—हैरानी दिने कार्यबाट विभिन्न बाधा अड्चनका बाबजुद भौतिक पूर्वाधार निर्माण कार्यमा अहोरात्र खटिएका व्यवसायीहरूको मनोबल गिराउने र निर्माण कार्यलाई अगाडि बढाउन हतोत्साहित गर्ने काम भएको महासंघको ठहर छ ।’

महासंघका महासचिव रोशन दाहालले जारी गरेको विज्ञप्तीमा निर्माण स्थलमा कङ्क्रिटको नाली बनाइसकेपछि पूर्ण रूपमा सेट हुनका लागि प्राविधिक रूपमा केही दिन खुल्लै राख्नुपर्ने प्रावधान रहेकोले नाली नपुरिएको उल्लेख गरिएको छ ।

निर्माण कम्पनी इन्डो–सगुन जे.भी.का प्रतिनिधि सहदेव खड्कामाथिको कारवाही तत्काल रोक्न पनि महासंघले माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर