सुर्खेतमा कोइला तापेर सुतेका तीन बालकसहित आमाको मृत्यु – Nepal Press

सुर्खेतमा कोइला तापेर सुतेका तीन बालकसहित आमाको मृत्यु

सुर्खेत । वीरेन्द्रनगर–१० बुदबुदीमा राति कोइला बालेर सुतेका चारजना मृत फेला परेका छन् । शुक्रबार राति साढे नौ बजेतिर कोइला बालेर कोठामा सुतिरहेका आमासहित तीन बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले बताएका छन् ।

घटनाबारे आफूहरुलाई शनिबार राति साढे सात बजेमात्रै थाहा भएको उनले बताए ।

उनका अनुसार ३५ वर्षीया कल्पा बुढा (बिसी), ९ वर्षीय छोरा निरज बुढा, आठ वर्षीय छोरा चिरञ्जीवी बुढा र पाँच वर्षीय सोमराज बुढाको मृत्यु भएको हो।

कल्पाका श्रीमान कृष्णबहादुर विसी जाजरकोटको शिवालय गाउँपालिकामा कार्यरत छन् । मृतक सोमराज कृष्णका दाइका छोरा हुन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर