एमालेमा केन्द्रीय सदस्य नपाएका कर्माचार्यलाई नेकपा एसले पोलिटब्यूरो सदस्य बनाउँदै – Nepal Press

एमालेमा केन्द्रीय सदस्य नपाएका कर्माचार्यलाई नेकपा एसले पोलिटब्यूरो सदस्य बनाउँदै

काठमाडौं । नेकपा एमालेसँगको ४० वर्ष लामो आबद्धता त्यागेको घोषणा गरेका पूर्वसांसद सुवास कर्माचार्यलाई नेकपा एकीकृत समाजवादीले केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

नेकपा एसको सचिवालय बैठकले सिन्धुपाल्चोकका नेता कर्माचार्यलाई केन्द्रीय सदस्य मनोनीत गरेको हो । उनलाई अब बस्ने बैठकबाट पोलिटब्यूरो सदस्य बनाएर सिन्धुपाल्चोकको इन्चार्जको जिम्मेवारी दिने तयारी भइरहेको नेकपा एसका एक नेताले बताए ।

नेकपा एमालेमा केन्द्रीय सदस्य नपाएपछि कर्माचार्यले विद्रोहको बाटो रोजेका थिए । उनको पार्टी प्रवेश कार्यक्रम भने केही पछि सिन्धुपाल्चोकमै हुने नेकपा एसका नेता गम्भीरलाल श्रेष्ठले बताए ।


प्रतिक्रिया

2 thoughts on “एमालेमा केन्द्रीय सदस्य नपाएका कर्माचार्यलाई नेकपा एसले पोलिटब्यूरो सदस्य बनाउँदै

  1. सुगुर सुगुर संग स्वर्ग गए जस्तै भयो।
    अब गु पो कसरी बाडेर खाने हुन ?

  2. यिनकाे चरित्र थाहा पाएर नै केन्द्रीय सदस्य नबनाएकाे रहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर