‘राष्ट्रिय आविष्कार केन्द्र’ का उत्पादन चितवनमा, बजार खोज्दै महाविर पुन – Nepal Press

‘राष्ट्रिय आविष्कार केन्द्र’ का उत्पादन चितवनमा, बजार खोज्दै महाविर पुन

चितवन । प्रविधिको विकासमा लागेका महावीर पुन बजारको खोजीमा चितवन आइपुगेका छन् । चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रर्दशनीमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ का उत्पादनहरु राखेर बजार खाज्दै चितवन पुगेका हुन् ।

केन्द्रका अध्यक्ष रहेका वैज्ञानिक तथा सामाजिक अभियन्ता पुन सहितको १२ जनाको टोली ४ गतेसम्म चल्ने प्रर्दशनीमा सहभागी हुनेछन् ।

‘उत्पादित उपकरणबारे जानकारी दिनेछौं, बिक्रि पनि हुनेछ’, उनले भने, ‘किसान र सर्वसाधारणलाई लक्षित गरेका उपकरण राखेका छौँ ।’

करिब ३ वर्ष अध्ययन—अनुसन्धानको सफल परिक्षणपछि मेसिन—उपकरण बजारमा ल्याइएको उनले बताए । उनले भने, ‘साइन्स रकेट होइन, साधरण मेसीन पनि हुन् । नेपालमै मेसिन(उपकरण बनाउन सकिन्छ भन्ने सन्देश दिनु पनि हाम्रो उद्देश्य हो ।

सागसब्जी ताजा राख्ने सब्जी कोठी मेसीन (४०—५० हजार), भर्खरै जन्मेका बालबालिकालाई न्यानो राख्ने बेबी बार्मर (८५ हजार), कफि भुट्ने कफि रोष्टिङ (१३ लाख), चियापत्ती सुकाउने टि ड्रायर (२ लाख ५० हजार), अण्डाबाट चल्ला निकाल्ने एग इन्क्युबेटर (५० हजार), गेडागुडी भुट्ने मल्टी ग्रेन रोष्टर (३५ हजार), नान रोटी बनाउने इलेक्ट्रिक नान रोटी मेकर (३५ हजार) प्रर्दशनीमा राखिएको छ ।

यस्तै रड काट्ने रड बेण्डर(४५ हजार), अक्जिन मिनि प्लाण्ट, कृषि ड्रोन लगायतका एक दर्जन मेसिन उपकरण राखिएको छ । ‘केही मेसिन फाट्टफुट्ट बजारमा बिक्रि भैसकेका छन्, केही भर्खरै आविष्कार गरिएका मेसिन छन्’, भने, ‘स्वदेशमै उत्पादन भएका मेसिनले राम्रो बजार पाउने अपेक्षा छ ।’

५ वर्ष यता राज्यलाई अध्ययन अनुसन्धानमा केन्द्रीत गराउन पहल गरेपनि पर्याप्त बजेट विनियोजन हुन नसकेको दुखेसो गरे । जनताको तर्फबाट पनि राज्यलाई ‘प्रेसर’ नपुगेको उनको भनाई छ ।

उनले विदेशी कृषि उपकरणमा अनुदान दिनुभन्दा यहि बनाउनेलाई दिएर प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

स्वदेशमै मेसिन उपकरण बनाउन अध्ययन अनुसन्धानमा कम्तिमा २५ अर्ब चाहिएकोमा अहिले मुस्किलले १५ करोड जति सरकारले विनियोजन गरेको उनको भनाई छ ।

‘८५ मध्य ५५ प्रोजेक्ट असफल भए, ३० मध्ये २४ वटा मेसिन तथा उपकरण बनाउने काम गर्दैछौं’ उनले भने, ‘जमाना प्रविधिको छ, तर राज्यको रोजाइमा पर्न नसक्नु दुखद छ ।’

आजदेखि सुरु भएको प्रर्दशनीमा २ सय बढी स्टलहरु छन् । प्रर्दशनीको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीले उद्घाटन गरेकि थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर