सुकुम्बासीले सुरु गरे – ‘नो लालपुर्जा, नो भोट’ अभियान (भिडिओ) – Nepal Press

सुकुम्बासीले सुरु गरे – ‘नो लालपुर्जा, नो भोट’ अभियान (भिडिओ)

चितवन । चितवनका सुकुम्बासीले ‘नो लालपुर्जा, नो भोट’ अभियान सुरु गरेका छन् । ७ हजार सुकुम्बासी तथा भूमिहिनहरुले ‘नो लालपुर्जा नो भोट’ अभियान सुरु गरेका हुन् ।

नेपाल बसोबास बस्ती संरक्षण समाजको आह्वानमा रत्ननगर नगरपालिकाको टाँडी बजारबाट अभियनको सुरुवात भएको हो ।

‘उधारोमा भोट माग्ने प्रथा बन्द गर’, ‘जस्को जोत उसको पोत कायम गर’, ‘बसोबासका आधारमा लालपुर्जा दे’ लगायतका नारा सहितका प्लेकार्ड सहित उनीहरुले प्रदर्शन समेत गरेका छन् ।

समाजका जिल्ला अध्यक्ष छविलाल देवकोटाले लालपुर्जा नपाएसम्म भोट नदिने अभियान सुरु भएको बताए ।

‘हरेका चुनावमा आश्वासन पायौं, तर लालपुर्जा पाएनौं’, उनले भने, ‘बरु निर्वाचन ढिलो होस, तर लालपुर्जा वितरण पहिला हुनुपर्यो ।’

विघटन गरिएको भूमि आयोगमा लालपुर्जाका लागि चितवनबाट ४३ हजार २ सय २८ जनाले फारम भरेको पनि उनले बताए ।

आफूहरुलाई भाेट बैंकका रुपमा मात्र नहेर्ने राजनीतिक दलहरुलाई आग्रह गर्दै उनले लालपुर्जाको सुनिश्चितता नभएसम्म निर्वाचन बहिस्कार गर्ने चेतावनी समेत दिए ।

समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीले देशैभर ‘नो लालपुर्जा नो भोट’ अभियान सुरु गरेर दलहरुलाई खबरदारी सुरु भएकाे बताए ।

अहिलेसम्म भूमिहिन सुकुम्बासीहरुको समस्या समाधानका लागि २४ वटा आयोग बनेपनि काम नभएको उनको आरोप छ ।

नेपालमा करिब ७० लाख सुकुम्बासीहरु रहेका छन् । जसमध्ये ४० लाख मतदाता छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर