सौताको छोरालाई बिष खुवाएर हत्या गरी फरार महिला पक्राउ – Nepal Press

सौताको छोरालाई बिष खुवाएर हत्या गरी फरार महिला पक्राउ

कैलाली । सौताको छोरालाई बिष खुवाएर हत्या गरी फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाजुरा खप्तड छेडेदह गाउँपालिका–२ घर भइ कैलालीकाे धनगढी उप–महानगरपालिका–२ मालिका टोल डेरा गरी बस्ने ३५ वर्षीया मागी रोकाया रहेकी छन् ।

उनलाई १० वर्षीय निशान्त थापामगरको हत्या आरोपमा पक्राउ गरिएकाे हो । कात्तिक २९ गते निशान्त स्कूलबाट फर्किएपछि उनले दुधमा बिषादी मिसाएर खुवाएकाे प्रहरीले जनाएकाे छ ।

दुध खुवाएर कोठामा बस्दै गर्नु भनि उनी भारततर्फ गएको खुलेको प्रहरीले जनाएको छ ।

हत्यापछि मागी रोकाया सम्पर्क बिहीन भएकी थिइन् । उनका आफन्तले कोठामा बालकको खुट्टामात्र अगाडिको झ्यालबाट देखिएको र कोठामा कोही नभएको जानकारी पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

फरार रहेकी रोकायालाई भारतीय प्रहरीको सहयोग र समन्वयमा भारतको हरियाणा रोहतक प्रेम चोकबाट पक्राउ गरि नेपाल ल्याइएको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा मागी रोकाया र उनका श्रीमानबीच वादविवादको निहुँमा ती कीशोरको हत्या गरेको खुलेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर