संस्थापनइतर समूहबाट प्रदेश १ सभापतिमा गुरुराज घिमिरे साझा उम्मेदवार – Nepal Press

संस्थापनइतर समूहबाट प्रदेश १ सभापतिमा गुरुराज घिमिरे साझा उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे प्रदेश १ को सभापति पदका प्रत्याशी बन्ने भएका छन् ।

कांग्रेसको संस्थापन इतर समूहले घिमिरेलाई प्रदेश सभापतिको साझा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रदेश १ मा सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहबीच गठबन्धन बनेको छ ।

देउवा सिटौला गठबन्धनबाट झापा कांग्रेसका पूर्व सभापति सिटौला निकट उद्धव थापा प्रदेश सभापतिको प्रत्याशी बनेका छन् ।

प्रतिक्रिया

One thought on “संस्थापनइतर समूहबाट प्रदेश १ सभापतिमा गुरुराज घिमिरे साझा उम्मेदवार

  1. कृष्ण सिटौला पनी काङ्ग्रेस लाइ बोझ देखीन थाले ।युवाको नजरमा । सोरौ सताब्दी कै गफ । भबिष्य अन्धकार बाकी उनै जानुन

Leave a Reply to देबी चुडाल Cancel reply

Your email address will not be published.

सम्बन्धित खवर