कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत – Nepal Press

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कँडेललाई दुई दलका २३ सांसदले विश्वासको मत दिएका हुन् । ४० जना सांसदमध्ये मतदानमा ३५ जना सहभागी थिए ।

कँडेलको पक्षमा २३ मत परेको छ भने विपक्षमा १२ मत परेको हो भने एक मत तटस्थ रहेको छ ।

कँडेलले माओवादी र एमाले र एकीकृत समाजवादीका सांसदको मत प्राप्त गरेको हुन् ।

उनलाई नेकपा एमाले ९ र नेकपा माओवादी केन्द्रका १३ र एकीकृत समाजवादी १ सांसदले कँडेलको पक्षमा मत हालेका छन् ।

उनी चैत २७ गते कर्णालीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर