संस्थापनइतर समूहबाट प्रदेश १ सभापतिमा गुरुराज घिमिरे साझा उम्मेदवार

२०७८ मंसिर १६ गते १६:०२

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे प्रदेश १ को सभापति पदका प्रत्याशी बन्ने भएका छन् ।
कांग्रेसको संस्थापन इतर समूहले घिमिरेलाई प्रदेश सभापतिको साझा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
प्रदेश १ मा सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहबीच गठबन्धन बनेको छ ।
देउवा सिटौला गठबन्धनबाट झापा कांग्रेसका पूर्व सभापति सिटौला निकट उद्धव थापा प्रदेश सभापतिको प्रत्याशी बनेका छन् ।
प्रतिक्रिया
One thought on “संस्थापनइतर समूहबाट प्रदेश १ सभापतिमा गुरुराज घिमिरे साझा उम्मेदवार”
Leave a Reply
सम्बन्धित खवर
कृष्ण सिटौला पनी काङ्ग्रेस लाइ बोझ देखीन थाले ।युवाको नजरमा । सोरौ सताब्दी कै गफ । भबिष्य अन्धकार बाकी उनै जानुन