त्रिशलासँग सिसनको मूभी-डेट, रेडकार्पेटदेखि हलसम्मै देखिए प्रफुल्ल ! – Nepal Press

त्रिशलासँग सिसनको मूभी-डेट, रेडकार्पेटदेखि हलसम्मै देखिए प्रफुल्ल !

काठमाडौं । भ्लगर सिसन बानियाँ र पूर्वमिस नेपाल श्रृंखला खतिवडाको प्रेम सम्बन्ध लुकेको छैन । तर, माया लुकाएर लुक्ने चीज होइन ।

यी दुईजनाले रिलेसनसिपलाई सार्वजनिकरुपमा स्वीकार नगरेपनि कतिपय ठाउँमा चाहिँ खुलारुपमै उनले प्रेमलाई प्रदर्शन गरेका छन् ।

यस्तोमा, श्रृंखला अहिले उच्च शिक्षा अध्ययनका लागि अमेरिकामा छिन् । सिसन नेपालमै रहेर कामलाई निरन्तरता दिइरहेका छन् । सिसन अहिले भने नयाँ कारणले चर्चामा छन् ।

कीर्तिमानी आरोही निर्मल पूर्जामाथि नेटफिल्क्सले निर्माण गरेको फिल्म ‘फोर्टिन पिक्स’को प्रिमियरमा सिसन चर्चाका कारण बने । उनी गायिका त्रिशला गुरुङसँग स्पट भएका थिए ।

रेडकार्पेटदेखि २ घण्टा लामो फिल्म पनि उनीहरुले सँगै हेरे । चिकित्साकी विद्यार्थी समेत रहेकी २६ वर्षिया त्रिशला र भ्लगर सिसनको मूभी डेट उक्त समारोहमा चर्चायोग्य बन्यो ।

त्रिशलाले सामाजिक संजालबाट समेत सिसनको तस्बिरलाई सेयर गरेकी छिन् । तस्बिरमा यी दुईजना प्रफुल्ल मुद्रामा देखिन्छन् । जेहोस्, सिसन र त्रिशलाको यो मूभी–डेट अहिले निकै चर्चामा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर