माओवादीसँग एकताको चर्चा चलिरहेका बेला विप्लवले भेटे प्रचण्ड – Nepal Press

माओवादीसँग एकताको चर्चा चलिरहेका बेला विप्लवले भेटे प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)सँग एकीकरणको चर्चा चलिरहेका बेला नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेचविक्रम चन्द ‘विप्लव’ले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्।

विप्लव शनिबार बिहान खुमलटारमा गएर प्रचण्डसँग भेटघाट गरेको बताइएको छ। प्रचण्डको निजी स्रोतले विप्लव र प्रचण्डबीच मुलुकको वर्तमान जटिल राजनीतिक अवस्थालाई निकास दिने गरि छलफल भएको बताइएको छ।

भेटमा एकताका लागि पहल गरिरहेका माओवादी केन्द्रका प्रवक्तासमेत सहभागी थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर