भित्री कारोबारको आशंकामा नेप्सेले रोक्यो प्रभु बैंकको कारोबार – Nepal Press

भित्री कारोबारको आशंकामा नेप्सेले रोक्यो प्रभु बैंकको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सेचन्ज लिमिटेड ‘नेप्स’ ले प्रभु बैंकको सेयर कारोबारमा इन्साइडर ट्रेडिङ (भित्री कारोबार) को शंका गर्दै कारोबार रोक्का गरेको छ । नेप्सेले बैंकसँग ७ दिने स्पष्टीकरण पनि सोधेको छ ।

बैंकले लाभांश वितरणका सम्बन्धमा धितोपत्र सूचीकरण विनियमावली २०७५ को नियम ५ गम्भीर उल्लंघन गरेको नेप्सेको ठहर छ । धितोपत्रसम्वन्धी विनियमावलीमा कारोबार अवधिभित्रै लाभांश घोषणा गर्न नपाउने व्यवस्था छ । तर, प्रभु बैंकको कात्तिक २३ गते १ देखि ३ बजेको अवधिमा सञ्चालक समितिको बैठक बसी १२.६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको नेप्सेले जनाएको छ ।

नेप्सले कारोबार अवधिमा बैठक बसेर लाभांश घोषणा गर्नुको कारण लेखेर पठाउन बैंकलाई भनेको छ ।

बैंकको यस गतिविधिका कारण धितोपत्र कारोबार तथा मूल्यसँग सम्वन्धित संवेदनशील सूचना र जानकारी सर्वसाधारणलाई सूचनाको पहुँचबाट कम्पनीका पदाधिकरीबाट वञ्चित गराई मूल्य प्रभावित गर्ने काम भएको नेप्सले जनाएको छ ।

लाभांश वितरणसम्बन्धी जानकारी तत्काल वा भोलिपल्ट वा कारोबार सुरू हुनुअघि गराउनुपर्ने व्यवस्था भएपनि प्रभु बैंकको यस्तो जानकारी नगराएको नेप्सेले दाबी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर