देउवा र पौडेलले अब कांग्रेस हाँक्न सक्दैनन् : नेता सिंह – Nepal Press

देउवा र पौडेलले अब कांग्रेस हाँक्न सक्दैनन् : नेता सिंह

सिन्धुली । नेपाली काग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी हाँक्न नसक्ने बताएका छन् । सिन्धुली पुगेका पूर्वमहामन्त्री सिंहले कांग्रेसमा नेतृत्व परिवर्तन अपरिहार्य रहेको भन्दै देउवा र पौडेल दुवै सभापति बन्न नहुने बताएका हुन् ।

‘अब देउवा र पौडेलजीबाट पार्टी चल्न सक्दैन । कांग्रेसलाई बलियो बनाएर मुलुकलाई नेतृत्व दिन नेतृत्व परिवर्तन अति आवश्यक छ’, सिंहले भने ।

उनले आसन्न १४ औं महाधिवेशनमा सभापतिका लागि आफू प्रतिस्पर्धामा रहेको भन्दै आफूसँग कांग्रेस हाँक्ने दृढ इच्छाशक्ति, विचार र सही योजनाहरू रहेको बताए । कांग्रेसका कार्यकर्ताले पनि क्षणिक लोभमा नपरी सक्षम र योग्य नेतृत्व चयनका लागि पहल गर्नुपर्ने सिंहले बताए ।

कांग्रेस कमजोर हुँदा लोकतन्त्र नै कमजोर हुने भन्दै सिंहले कम्युनिष्टविरुद्ध लड्न बलियो कांग्रेस बनाउनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर