महिला तथा पुरुष भलिबल टोलीले एभीसी सेन्ट्रल जोन खेल्ने – Nepal Press

महिला तथा पुरुष भलिबल टोलीले एभीसी सेन्ट्रल जोन खेल्ने

काठमाडौं । नेपालको राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीले ‘एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल’ प्रतियोगितामा खेल्ने भएको छ । नेपाल भलिबल संघ (एनभीए) का अनुसार प्रतियोगिता यसै वर्ष पुष ६ गतेदेखि १४ सम्म बंगलादेशमामा हुनेछ ।

यसै वर्ष नेपालले फिलिपिन्समा हुने भनिएको महिला एसियन भलिबल च्याम्पियनसिपको लागि तयारी थालेको थियो । तर, अन्तिम समयमा एभीसीले कोरोनाको कारण देखाउँदै नेपाललाई सहभागिता जनाउन नदिने भनेपछि नेपालको तयारी रोकिएको थियो । पछि कोभिडकै कारण प्रतियोगिता रद्द भएको थियो ।

संघले आयोजकलाई धन्यवाद दिँदै अब नेपालले चाडै प्रतियोगिताको तयारी थाल्ने पनि बताएको छ । गत महिना मात्रै संघले महिला तथा पुरुष एनभिए च्याम्पियनसिप आयोजना गरेको थियो ।

नेपालले सन् २०१९ मा बंगलादेशमै भएको महिला सेन्ट्रल जोनको उपाधि जितेको थियो । पुरुषतर्फ भने सन् २०१८ मा नेपाल घरेलु कोर्ट (आर्मी कोट, लगनखेल) मा समूह चरणबाट बाहिरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *