नेपाललाई तेस्रो सफलता, कुशल भुर्तेलले लिए विकेट – Nepal Press

नेपाललाई तेस्रो सफलता, कुशल भुर्तेलले लिए विकेट

काठमाडौं । वेष्ट इन्डिज ‘ए’ विरुद्धको दोस्रो टी-२० खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ ।

नेपालका लागि कुशल भुर्तेलले तेस्रो सफलता दिलाएका हुन् । दशौं ओभरको अन्तिम बलमा कुशलले वेष्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजलाई आउट गरेका हुन् । उनी २३ रनमा बोल्ड आउट भए ।

टीयु क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको वेष्ट इन्डिज ‘ए’ ले १० ओभरको खेल सकिँदा ३ विकेट गुमाएर ६४ रन जोडेको छ । यसअघि जोनसन चाल्र्स ११ र एलिक अथान्ज ६ रनमा आउट भएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *