बुटवलमा अन्तरपालिकास्तरीय महिला भलिबल प्रतियोगिता सुरु – Nepal Press

बुटवलमा अन्तरपालिकास्तरीय महिला भलिबल प्रतियोगिता सुरु

रूपन्देही । बुटवलमा बिहीबारदेखि अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको बिहीबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाकी उपप्रमुख साबित्रादेवी अर्यालले उद्घाटन गरेकी हुन् ।

सो अवसरमा नगर उपप्रमुख अर्यालले खेलकुदको क्षेत्रबाट पनि बुटवललाई चिनाउन उपमहानगरपालिकाले विभिन्न खाले प्रतियोगितामा सञ्चालन गर्दै आएको भन्दै महिला भलिवल प्रतियोगिताले बुटवलसहित रूपन्देही जिल्लामा महिला खेलाडी उत्पादनमा सहयोग पुग्ने विस्वास ब्यक्त गरिन् ।

बुटवल नगर खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा बुटवलसहित रूपन्देहीका ६ पालिकाको सहभागिता रहेको छ ।

नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाको सभापतित्व र नगर उपप्रमख अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानालगायतले प्रतियोगिताको महत्त्व र उदेश्यमाथि प्रकाश पारेका थिए ।

यसैबीच बिहीबार नै भएको बुटवल उपमहानगरपालिका र गैडहवा गाउपालिकाबीचको प्रतियोगितामा बुटवल विजयी भएको छ भने तिलोत्तमा नगरपालिका र सुद्वोदन गाउपालिकाबीचको प्रतियोगितामा तिलोत्तमा नगरपालिका विजयी भएको छ ।

त्यस्तै  सिद्वार्थनगर नगरपालिका र सुद्वोदन गाउपालिकाबीचको अर्को खेलमा सुद्वोदन विजयी भएको छ ।
तीन दिनसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ५० हजार,उपविजेताले ३० हजार,तृतीय हुनेले २० हजार र सान्त्वना हुनेले नगद १० हजार प्राप्त गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *