नेपाल ईन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष न्यौपानेलाई ३ वर्ष कैद र २६ करोड जरिवाना – Nepal Press

नेपाल ईन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष न्यौपानेलाई ३ वर्ष कैद र २६ करोड जरिवाना

काठमाडौं । नेपाल ईन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोधर कुमार न्यौपानेलाई सम्पत्ति शुद्धीकरण मुद्दामा तीन वर्ष कैद र करिब २६ करोड रुपैयाँ जरिवाना भएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीश रामबहादुर थापाको इजलासले आइतबार सजाय निर्धारण गर्दै न्यौपानेलाई १२ करोड ८४ लाख ८७ हजार ९५५ रुपैयाँ बिगो भराउने पनि फैसला गरेको छ ।

इजलासले बिगोको दोब्बर २५ करोड ६९ लाख ७५ हजार ९११ रुपैयाँ जरिवाना हुने सजाय सुनाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर