अपराध गर्ने कसैलाई प्रहरीले संरक्षण गर्दैन : आईजीपी कुँवर – Nepal Press

अपराध गर्ने कसैलाई प्रहरीले संरक्षण गर्दैन : आईजीपी कुँवर

काठमाडौं । नेपाल प्रहरीका महानिरिक्षक बसन्त कुँवरले अपराध गर्ने कसैलाइ प्रहरीले संरक्षण नगर्ने स्पष्ट पारेका छन् ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय उदयपुरले आयोजना गरेको शैलेश्वर शिवपाञ्चायन मन्दिर, अमर प्रहरी उद्यान र ईलाइबेरीको एक साथ समुद्धाटन कार्यक्रमलाई सम्बोधन गर्दै महानिरिक्षक कुँवरले व्यबसायिक शुन्य सहनशिलताका साथ काम गर्न निर्देशन दिदै अपराध गर्ने जोकोहीलाई पनि प्रहरीले संरक्षण नगर्ने बताएका हुन् ।

उनले संगठनमा केही आशलाग्दा व्यक्तिहरु समेत रहेको भन्दै उनीहरुको सिको सिकेर सकल दर्जाका प्रहरीलाइ अघि बढ्न आग्रह गर्नु भयो । संगठनलाई व्यवसायिक, मर्यादित र जनमुखि बनाएर काम गर्नुपर्ने समेत उनले निर्देशन दिए ।

महानिरिक्षक कुँवरले प्रहरीले आफनो आचरण, बोली ब्यबहारलाई संगठनको मर्यादा अनुसार कायम गर्दै सेवामुखी भावका साथ काम गर्नु पर्ने बताउँदै कसैको दवाभ प्रभावमा नपरी निष्पक्ष कार्य गर्न समेत निर्देशन दिए ।

कार्यक्रममा ८० वर्ष उमेर माथिका जेष्ठ नेपल प्रहरीका पुर्व कर्मचारी, तथा जिल्ला प्रहरी कार्यलयका बिभिन्न कामा सहयोग गर्ने व्याक्ती लगायतलाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर